
काठमाडौं, १० साउन। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ।
साउन ८ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले पोखरास्थित होटल दिपसागरमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
यस वर्षको साधारण सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव लैजान लागिएको छ। उक्त प्रस्ताव पारित भएपछि संस्थाले सम्भावित मर्जर तथा प्राप्तिका लागि आवश्यक कानुनी अधिकार प्राप्त गर्नेछ।
साधारण सभाका मुख्य एजेन्डाहरू:
- मर्जर र प्राप्ति: अन्य लघुवित्तसँग गाभिने वा प्राप्तिका लागि सञ्चालक समितिलाई अख्तियारी दिने।
- वित्तीय विवरण अनुमोदन: आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने।
- लेखापरीक्षक नियुक्ति: आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने।
सेयरधनी ध्यान दिनुहोस् (बुक क्लोज जानकारी):
साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले साउन १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र मताधिकार प्रयोग गर्न योग्य हुनेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




