
काठमाडौं, १४ साउन । नेपाल धितोपत्र बोर्ड (SEBON) र गैर-आवासीय नेपाली (NRN) का प्रतिनिधिहरूबीच धितोपत्र बजारमा एनआरएनको सहभागिता तथा लगानी विस्तारका विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बोर्डको कार्यालयमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपाल सरकारको बजेट वक्तव्य बमोजिम गैर-आवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहभागी गराउन आवश्यक कानूनी सुधारको काम अघि बढाइएको जानकारी दिए। अध्यक्ष डा. भट्टका अनुसार बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा समेत यो विषय समावेश गरी कार्य अघि बढाउनेछ।
विदेशमा आर्जन भएको सीप, ज्ञान र पूँजीलाई नेपालको पूर्वाधार विकाससँग जोड्न बोर्डले कानूनी तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिबद्धता अध्यक्ष डा. भट्टले व्यक्त गरे।
IPO र ऋणपत्र जारी गर्ने एनआरएनको तयारी
छलफलका क्रममा गैर-आवासीय नेपालीका प्रतिनिधिहरूले सरकार र धितोपत्र बोर्डको यो पहलले लगानीका लागि सकारात्मक वातावरण बन्दै गएकोमा खुसी व्यक्त गरे।
सो अवसरमा प्रतिनिधिहरूले नेपाल सरकार र गैर-आवासीय नेपालीको संयुक्त लगानीमा स्थापित ‘इन्भेष्टमेन्ट कम्पनी’ मार्फत सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन गर्ने योजना रहेको खुलासा गरे। उक्त कम्पनीले विदेशमा रहेका नेपाली र एनआरएनहरूबाट शेयर मार्फत रकम संकलन गरी नेपालको भौतिक पूर्वाधारका परियोजनाहरूमा लगानी गर्ने लक्ष्य राखेको छ।
यसैगरी, भविष्यमा विशिष्ट परियोजनाहरूका लागि थप पूँजी संकलन गर्न ऋणपत्र (बण्ड तथा डिबेन्चर) जारी गर्ने योजनासमेत रहेको एनआरएन प्रतिनिधिहरूले बताएका छन्।
कानूनी जटिलता हटाउन अनुरोध
एनआरएन प्रतिनिधिहरूले प्रस्तावित योजनाहरू सहजरूपमा कार्यान्वयनमा ल्याउन विद्यमान कानूनी जटिलताहरू फुकाउन र आवश्यक नीतिगत सुधारका लागि धितोपत्र बोर्डसँग आग्रह गरेका छन्।
बोर्डका उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रमले धितोपत्र बजारमा एनआरएनको प्रवेशलाई थप सहज र थलो फराकिलो बनाउने अपेक्षा गरिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




