
काठमाडाैं, १८ साउन । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमा ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रूपमा समावेश गर्ने तयारी गरिएको छ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा विधेयकमाथि भएको दफावार छलफलका क्रममा केन्द्रीय बैङ्कले जारी गर्ने डिजिटल मुद्रालाई कानुनी मान्यता दिने र निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने गैरकानुनी नै राख्ने स्पष्ट पारिएको छ।
विधेयकको नयाँ व्यवस्थाअनुसार ऐनको दफा २ को उपदफा ४ को खण्ड (झ) मा ‘करेन्सी’को परिभाषा परिमार्जन गरिँदै छ। हालको ऐनमा कागजी नोट र सिक्कालाई मात्र करेन्सी मानिँदै आएकामा अब राष्ट्र बैङ्कबाट जारी हुने ‘डिजिटल करेन्सी’लाई पनि सोही परिभाषाभित्र समेटिनेछ।
छलफलका क्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक दीर्घ रावलले डिजिटल करेन्सीको कानुनी व्यवस्थाले केन्द्रीय बैङ्क डिजिटल करेन्सी (CBDC) लाई समेट्ने जानकारी दिनुभयो। क्रिप्टो वा भर्चुअल करेन्सी निजी स्तरबाट जारी हुने भएकाले यस ऐनमा तिनलाई स्थान दिनु नपर्ने र ती विषय सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनबाट सम्बोधन भइसकेको उहाँले स्पष्ट पार्नुभयो।
त्यस्तै, अर्थ सचिव डा. घनश्याम उपाध्यायले डिजिटल करेन्सी र डिजिटल बैङ्किङ प्रणाली फरक विषय भएको उल्लेख गर्दै थप स्पष्टताका लागि ‘नेपाल राष्ट्र बैङ्कले तोकेको वा जारी गरेको डिजिटल करेन्सी’ भनेर ऐनमा उल्लेख गर्न उपयुक्त हुने सुझाव दिनुभयो।
संशोधन प्रस्तावमा राष्ट्र बैङ्कद्वारा जारी, नियन्त्रित र भुक्तानी फछ्र्यौट हुने सीबीडीसी मात्र कानुनी ग्राह्य मुद्रा हुने र अन्य कुनै पनि निजी भर्चुअल वा क्रिप्टो करेन्सीलाई कानुनी मुद्राको रूपमा मान्यता नदिइने व्यवस्था समावेश गरिँदै छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




