
काठमाडौं, २० साउन । लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।
बैंकले निष्काशन गरेको १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर रहेकाे ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा आजसम्म आवेदन दिन सकिने भएकाे हाे। मागभन्दा बढी आवेदन परेकाे कारण निष्काशन बन्द गरिने क्यापिटलले जनाएकाे छ।
बैंकले प्रतिऋणपत्र १,००० रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे हाे ।
ऋणपत्र बाँडफाँट संरचना:
- व्यक्तिगत तवर (Private Placement): ६० प्रतिशत (१८ लाख कित्ता / रु. १ अर्ब ८० करोड)
- सर्वसाधारणका लागि: ४० प्रतिशत (१२ लाख कित्ता / रु. १ अर्ब २० करोड)
- सामूहिक लगानी कोष (Mutual Funds) का लागि: सर्वसाधारण हिस्साको ५ प्रतिशत (६० हजार कित्ता)
आवेदन सम्बन्धी मुख्य विवरण:
| विवरण | जानकारी |
| न्यूनतम आवेदन | २५ कित्ता (रु. २५,०००) |
| अधिकतम आवेदन | सम्पूर्ण कित्ताका लागि |
| निष्काशन खुला हुने मिति | साउन १४ गते |
| निष्काशन बन्द हुने मिति (छिटोमा) | साउन १९ गते |
| निष्काशन बन्द हुने मिति (ढिलोमा) | साउन २८ गते |
| बिक्री प्रबन्धक | माछापुच्छ्रे क्यापिटल लिमिटेड |
ब्याज भुक्तानी र क्रेडिट रेटिङ
यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक (प्रत्येक ६–६ महिनामा) समाप्त भएपश्चात नियमानुसार कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले बैंकलाई ‘केयरएनपी ट्रिपल बी प्लस (BBB+) इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यस रेटिङले बैंक समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्दछ।
आवेदन कसरी दिने ?
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु, तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको ‘मेरो शेयर’ (Mero Share) सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




