
काठमाडौं, २० साउन। अघिल्लो कारोबार दिन (मंगलबार) ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने सुधारिएर बन्द भएको छ। सूचकमा सामान्य वृद्धि आउँदा शेयर कारोबार रकममा समेत उत्साहजनक सुधार देखिएको छ।
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ। सूचकसँगै बजारको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार ४ अर्ब ७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा बुधबार ३५० वटा स्क्रिपका १ करोड ६७ हजार कित्ता शेयर ६१ हजार २८६ पटक खरिदबिक्री हुँदा कूल ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यद्यपि, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.६० अंक र फ्लोट इण्डेक्स ०.०३ अंकले घटेका छन्।
बुधबारको सेयर बजारका प्रमुख झलकहरु:
- उत्कृष्ट प्रदर्शन गर्ने कम्पनी: सोलु हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य रु. ८७.७० ले बढेर अन्तिम कारोबार रु. ६७२.७० मा भएको छ।
- बढी घट्ने कम्पनी: विगत १२ कारोबार दिनदेखि लगातार सकारात्मक सर्किट हान्दै आएको एभरेष्ट कलरको शेयरमूल्यमा भने बुधबार सर्वाधिक ९.०३ प्रतिशतको गिरावट आएको छ।
- सबैभन्दा बढी कारोबार: सोलु हाइड्रोपावर ५८ करोड १० लाख रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो। त्यसैगरी रिडी पावरको करिब ३५ करोड र खानीखोला हाइड्रोपावरको २७ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
- उपसमूहगत अवस्था: १३ उपसमूहमध्ये ५ वटाको सूचक सकारात्मक रहे भने ८ वटा उपसमूह घटेका छन्। व्यापार उपसमूह १.६० प्रतिशत र जलविद्युत उपसमूह करिब साढे ४ प्रतिशतले बढेका छन्। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा पनि सामान्य सुधार देखिएको छ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




