
काठमाडाै, २१ साउन । गरिमा विकास बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
प्रमुख वित्तीय सूचकहरू:
- खुद नाफा: ३५.३४% ले बढेर १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ
- खुद ब्याज आम्दानी: ३ अर्ब ६१ करोड २० लाख रुपैयाँबाट बढेर ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ
- सञ्चालन नाफा: ४२.६५% ले बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ
- प्रतिसेयर आम्दानी (EPS): २८ रुपैयाँ ४ पैसा
- प्रतिसेयर नेटवर्थ: १७७ रुपैयाँ २६ पैसा
जोखिम व्यवस्थापन र इम्पेरमेन्ट चार्ज:
असुलीमा आएको सुधार तथा प्रभावकारी जोखिम व्यवस्थापनका कारण बैंकको इम्पेरमेन्ट चार्जमा भारी गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा ६४ करोड ७० लाख रुपैयाँ छुट्याइएको इम्पेरमेन्ट चार्ज गत आर्थिक वर्षमा घटेर ४ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।
लाभांश क्षमता र पूँजीगत स्थिति:
बैंकले साधारण सेयरधनीहरूका लागि लाभांश वितरण गर्न सक्ने सबल क्षमता बनाएको छ। नियमनकारी समायोजन तथा अघिल्लो वर्षको सञ्चित नाफाबाट बोनस र नगद लाभांश समायोजन गरेपछि असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ कायम भएको छ। यस आधारमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा पुगेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँबाट बढेर ६ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ भने सञ्चित नाफा र अन्य जगेडा कोषसहित कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ कायम भएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




