
काठमाडौं, २१ साउन । अघिल्लो कारोबार दिन सामान्य बढेको शेयर बजार बिहीबार भने घटेर बन्द भएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा झरेको छ।
नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स २.६२ अंक, फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंकले ओरालो लागेका छन्। बजार घटेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार आएको छ।
बुधबार ४ अर्ब ४० करोडको कारोबार भएकोमा बिहीबार ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँमा खरिदबिक्री भएको छ।

बजारका प्रमुख हलचल
- शीर्ष कमाकर्ता: अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभल (५३ रुपैयाँ १० पैसा) मा बढेर ४०७ रुपैयाँ २० पैसा पुगेको छ।
- शीर्ष गुमाकर्ता: एलएस होराइजन १२ को इकाईमूल्य सर्वाधिक ६.५० प्रतिशतले घटेको छ।
- बढी कारोबार हुने कम्पनी: रिडी पावर कम्पनी ४७ करोड २४ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। त्यसैगरी आँखु खोला जलविद्युत (साढे २६ करोड बढी) र सोलु हाइड्रोपावर (साढे २३ करोड बढी) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
उपसमूहगत अवस्था
कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार उपसमूह (०.५९ प्रतिशत) बाहेक बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ९३.०४ अंकले ओरालो लागेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




