राष्ट्र बैंकले रु. ६० अर्बको निक्षेप संकलन गर्दै

-



     सफल आवाज    
     श्रावण २२ गते २०८३ मा प्रकाशित



काठमाडौं, २२ साउन। नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट रु. ६० अर्ब उठाउन १ महिने निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने भएको छ।

राष्ट्र बैंकले २०८३ साउन २२ गते एक सूचना प्रकाशित गर्दै यस ३१ दिने निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान गरेको हो।

बोलकबोल तथा निष्कासनका मुख्य विवरणहरू:

  • आह्वान रकम: रु. ६० अर्ब (साठ्ठी अर्ब रुपैयाँ)।
  • अवधि: ३१ दिन (सावाँ तथा ब्याज भुक्तानी मिति: २०८३ भदौ २२ गते)।
  • बोलकबोल मिति र समय: २०८३ साउन २२ गते दिउँसो ३:०० बजेसम्म (अनलाइन बिडिङ सिस्टम सफ्टवेयर – OBSS मार्फत मात्र)।
  • निष्कासन मिति: २०८३ साउन २२ गते।
  • ब्याजदर: बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ।
  • सहभागी हुन पाउने संस्था: नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र।
  • बोल गर्न सकिने रकम: घटीमा रु. १० करोड र बढीमा रु. १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (रु. ६० अर्ब) सम्म।

अन्य सर्त तथा व्यवस्थाहरू:

  • धितो व्यवस्था: यो उपकरण नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ।
  • बाँडफाँड प्रक्रिया: बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी माग रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ। समान ब्याजदर परेमा अनुपातिक आधारमा (Pro-rata Basis) बाँडफाँड हुनेछ।
  • गणन सम्बन्धी व्यवस्था: यो रकम बैंकहरूको अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन। तर, राष्ट्र बैंकको निर्देशनानुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (SLR) तथा तरलता अनुपात (Liquidity Ratio) मा गणना गर्न पाइनेछ।
  • भुक्तानी र धितोपत्र फिर्ता: यो उपकरणको भुक्तानी मिति अगावै (Pre-mature) फिर्ता भुक्तानी हुने छैन। भुक्तानी मितिमा तोकिएको ब्याजसहितको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ।

बोलकबोल स्वीकृत भएपछि खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता counterparty लाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइने समेत राष्ट्र बैंकले जनाएको छ।