
काठमाडौं, २२ साउन । प्रधानमन्त्री बालेन शाहले आफ्नो कार्यकालको चार महिना पूरा भएपछि चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन्। गत १३ चैत २०८२ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शाहले तोकिएको कानुनी प्रावधानबमोजिम प्रतिवेदन तयार गरी सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ अनुसार यो प्रतिवेदन तयार गरी सार्वजनिक गरिएको हो।
प्रतिवेदनका मुख्य विवरण तथा उपलब्धिहरू:
- कार्यविधि र स्वरूप: चौमासिक प्रतिवेदन भनिए तापनि यसमा २०८३ साल वैशाख, जेठ र असार गरी तीन महिनाका कार्य विवरणहरू समेटिएका छन्। प्रतिवेदनमा प्रधानमन्त्री कार्यालयको स्वरूप, काम, कर्तव्य, अधिकार, कर्मचारी विवरण तथा मुख्य उपलब्धिहरू उल्लेख छन्।
- मन्त्रिपरिषद् निर्णयहरू: २०८३ वैशाख १ देखि असार मसान्तसम्मका २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ वटा निर्णयहरू भएका छन्। साथै, विषयगत समितिका ८ वटा बैठकबाट १२ वटा निर्णयहरू भएका छन्।
- सुशासन र नयाँ नियमावली: समीक्षा अवधिमा नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ कार्यान्वयनमा ल्याइएको छ।
- ‘शून्य बाँकी फाइल’ अभियान: सरकारी कामकारबाहीलाई छिटो-छरितो बनाउन ‘शून्य बाँकी फाइल अभियान’का लागि मार्गदर्शन तयार गरी एकीकृत प्रगति विवरण बुझाउन सबै मन्त्रालय, निकाय, आयोग तथा स्थानीय तहहरूमा पत्राचार गरिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




