
काठमाडाैं, २५ साउन । आईएमई लाइफ इन्स्योरेन्स (IME Life Insurance) ले देशका विभिन्न प्रदेशका शाखा कार्यालयहरूका लागि योग्य तथा नतिजामुखी जनशक्ति माग गर्दै शाखा प्रबन्धक (Branch Manager) पदका लागि आवेदन आह्वान गरेको छ।
कम्पनीले जारी गरेको सूचना अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका पाँचवटा स्थानका लागि कर्मचारी माग गरिएको हो।
माग गरिएका स्थानहरू:
- कोशी प्रदेश: भोजपुर र खोटाङ
- बागमती प्रदेश: सिन्धुली र धादिङबेँसी
- कर्णाली प्रदेश: मेहेलकुना
आवश्यक न्यूनतम योग्यता तथा अनुभव:
- मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह (Bachelor’s Degree) उत्तीर्ण।
- जीवन बिमा बिक्री, बैंकिङ, लघुवित्त, सहकारी वा सेल्स म्यानेजमेन्ट क्षेत्रमा कार्यअनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता।
- कम्प्युटर सम्बन्धी ज्ञान तथा राम्रो वैयक्तिक/सञ्चार कौशल (Interpersonal Skills)।
- कार्यालय प्रशासन (Office Administration) र सोसँग सम्बन्धित कार्यहरूको ज्ञान।
आवेदन दिने तरिका र समयसीमा: इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो अद्यावधिक बायोडाटा (Resume), निवेदन, हालै खिचिएको पासपोर्ट साइजको फोटो र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरू career@imelifeinsurance.com मा इमेल गरी आवेदन दिन सक्नेछन्। उम्मेदवारले आवेदन दिँदा आफूले काम गर्न चाहेको पद र स्थान स्पष्ट खुलाउनुपर्नेछ।
आवेदन सूचना प्रकाशित भएको मिति (२०८३ साउन २२ गते) ले १५ दिनभित्र पठाइसक्नुपर्नेछ। प्रारम्भिक छनोट (Shortlist) मा परेका आवेदकहरूलाई मात्र थप चयन प्रक्रियाका लागि सम्पर्क गरिनेछ।
अन्य थप जानकारीका लागि कम्पनीको फोन नम्बर ०१-४०२४०७१ वा वेबसाइट www.imelifeinsurance.com मा सम्पर्क गर्न सकिनेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




