
काठमाडौं, २६ साउन। सानिगाड हाइड्रो लिमिटेड (SGHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ।
समीक्षा अवधिमा कम्पनीले २६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ५ करोड ४२ लाख रुपैयाँको तुलनामा ३९०.१६ प्रतिशतले बढी हो।
विद्युत बिक्री आम्दानीमा सामान्य वृद्धि हुनुका साथै वित्तीय खर्चमा भारी गिरावट आएकाले कम्पनीको नाफामा आकर्षण सुधार देखिएको हो।
वित्तीय विवरणका मुख्य सूचकहरू:
- विद्युत बिक्री आम्दानी: ३.७० प्रतिशतले बढेर १ अर्ब ११ करोड ५ लाख रुपैयाँ पुगेको छ।
- कुल नाफा: ६.२२ प्रतिशतले वृद्धि भएको छ।
- खर्च नियन्त्रण: अन्य सञ्चालन खर्च ५.२४ प्रतिशत र वित्तीय खर्च २९.६२ प्रतिशतले घटेको छ।
- प्रतिशेयर आम्दानी (EPS): ६ रुपैयाँ ६१ पैसाले बढेर ९ रुपैयाँ ३३ पैसा पुगेको छ।
- प्रतिशेयर नेटवर्थ: १११ रुपैयाँ ८० पैसा कायम भएको छ।
- मूल्य आम्दानी अनुपात (P/E Ratio): ४९.५२ गुणा रहेको छ।
२ अर्ब ८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सानिगाड हाइड्रोको जगेडा कोषमा ३३ करोड ६४ लाख रुपैयाँ सञ्चित छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




