
चितवन, २६ साउन । बजारमा अण्डाको माग ह्वात्तै बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्यमा वृद्धि गरेको छ। संघले आजैदेखि लागू हुने गरी नयाँ दररेट सार्वजनिक गरेको हो।
नयाँ तालिका अनुसार ‘एक्सएल’ अण्डा प्रतिक्रेट (३० वटा) ५ सय ६० रुपैयाँ, ठूलो अण्डा ५ सय ४५ रुपैयाँ र मध्यम (मिडियम) अण्डा ५ सय रुपैयाँ तोकिएको छ। यस्तै, सानो अण्डा प्रतिपेटी (सात क्रेट) को ३ हजार रुपैयाँ समर्थन मूल्य निर्धारण गरिएको छ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार पछिल्लो समय बर्डफ्लु रोगका कारण ठूलो संख्यामा कुखुरा मरेपछि समग्र उत्पादनमा गिरावट आएको छ।
एकातिर उत्पादन घट्नु र अर्कोतिर बजारमा खपत बढ्नुले मूल्य समायोजन गर्नुपरेको पोखरेलले बताए। Farm रेटका आधारमा मूल्य बढाइए पनि किसानले अझै पनि आफ्नो वास्तविक लागत पाउन नसकेको संघको दाबी छ।
अण्डा व्यवसायको वर्तमान अवस्था र चुनौती:
- लागत र बिक्री मूल्यको अन्तर: हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा (प्रतिक्रेट ५७३ रुपैयाँ ६० पैसा) पर्छ। तर, मूल्य बढाउँदा पनि किसानले लागतभन्दा कममै अण्डा बिक्री गर्न बाध्य छन्।
- बर्डफ्लुको धक्का: रोगका कारण ठूलो परिमाणमा कुखुरा मरेपछि धेरै किसानले ठूलो वित्तीय नोक्सानी व्यहोरेका छन्।
- पलायन र ऋणको बोझ: वर्षौंदेखि घाटाको व्यापार गर्नुपरेकाले धेरै पोल्ट्री व्यवसायी यस पेसाबाट विस्थापित भइसकेका छन् भने बाँकी रहेकाहरू बैंकको ऋणको सहारामा टिकेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




