
काठमाडाैं, २६ साउन । नेपाली सुनचाँदी बजारमा मङ्गलबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको छ।
मूल्य वृद्धिसँगै आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि आएको छ। आज चाँदी प्रतितोला १ सय १० रुपैयाँले बढेर ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
आजको बजार भाउ विवरण:
- सुन (प्रतितोला): रु. ३,०७,९०० (सोमबार: रु. ३,०१,५००)
- चाँदी (प्रतितोला): रु. ४,७८० (सोमबार: रु. ४,६४५)
- मूल्य परिवर्तन: सुनमा रु. ६,४०० र चाँदीमा रु. ११० को वृद्धि








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




