
काठमाडाैं, २६ साउन । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले “हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०” मा छैठौँ संशोधन (२०८३) जारी गरेको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी २०८३ साउन २६ गते जारी गरिएको यस संशोधित निर्देशिकाले हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीहरूको सञ्चालन, पुँजी, ब्याजदर र कर्जा वर्गीकरणमा नयाँ व्यवस्था लागू गरेको छ।
मुख्य व्यवस्थाहरू:
- चुक्ता पुँजी र संरचना: हायर पर्चेज कर्जा दिने कम्पनीको न्यूनतम चुक्ता पुँजी रु. ३० करोड हुनुपर्नेछ। कम्पनीको नामको पछाडि ‘हायर पर्चेज प्रा.लि.’ वा ‘हायर पर्चेज लि.’ राख्नु अनिवार्य गरिएको छ।
- स्रोत परिचालन सीमा: कम्पनीहरूले आफ्नो खुद सम्पत्ति (Net Worth) को १० गुणाभन्दा बढी ऋण तथा सापट लिन पाउने छैनन्। साथै, सर्वसाधारण वा ग्राहकबाट कुनै पनि प्रकारको निक्षेप वा बचत सङ्कलन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
- ब्याजदर तथा सेवा शुल्क: कर्जाको ब्याजदर निर्धारण गर्दा ‘Cost of Fund’ लाई आधार मान्नुपर्नेछ र प्रकाशित ब्याजदरमा २ प्रतिशतभन्दा बढी थपघट गर्न पाइने छैन। वार्षिक पेनाल ब्याज अधिकतम २ प्रतिशत बिन्दुभन्दा बढी लिन पाइने छैन। सेवा शुल्कको रूपमा स्वीकृत कर्जाको अधिकतम १ प्रतिशतसम्म मात्र लिन सकिनेछ।
- कर्जा सीमा (LTV Ratio): सवारी साधन खरिदका लागि कर्जा प्रवाह गर्दा कर्जा-मूल्य अनुपात (Loan to Value Ratio) ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको निर्देशनानुसार हुनेछ। अन्य धितोको हकमा अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाइनेछ।
- कर्जा वर्गीकरण र नोक्सानी व्यवस्था:
- असल (Pass): भाखा नाघेको ६ महिनासम्म।
- शंकास्पद (Doubtful): ६ महिनाभन्दा बढी भाखा नाघेमा (५०% नोक्सानी व्यवस्था)।
- खराब (Loss): १ वर्षभन्दा बढी भाखा नाघेमा (१००% नोक्सानी व्यवस्था)।
- बहु-ब्राण्ड र सञ्चित कोष: कम्पनीहरूले अनिवार्य रूपमा बहु-ब्राण्डका सवारी तथा उपकरणहरूमा लगानी गर्नुपर्नेछ। साथै, चुक्ता पुँजीको दोब्बर रकम नपुगेसम्म प्रत्येक आर्थिक वर्षको खुद मुनाफाबाट कम्तीमा २० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




