नेप्सेमा माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर सूचीकृत

-



     सफल आवाज    
     श्रावण २७ गते २०८३ मा प्रकाशित



काठमाडौं, २७ साउन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड (MEPDL) को शेयर सूचीकृत भएको छ। साउन २६ गते, मंगलबारका दिन नेप्सेमा कम्पनीको कुल ८६ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारण) मा वितरण गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ६० लाख २० हजार कित्ता गरी कुल ८६ लाख कित्ता शेयर सूचीकृत गरिएको हो।

शेयर सूचीकरण भएसँगै अब कम्पनीको शेयर बुधबारको ‘स्पेशल प्रि-ओपन सेसन’मा पहिलो कारोबार भएपश्चात नियमित बजारमा खरिद-बिक्रीका लागि खुला हुनेछ।

ओपनिङ्ग रेञ्ज र टिकर:

  • स्टक टिकर: MEPDL
  • ओपनिङ्ग रेञ्ज: रु. १०० देखि रु. ३०० सम्म

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज निर्धारण गरेको छ। यदि स्पेशल प्रि-ओपन सेसनमा यो रेञ्जभित्र शेयर कारोबार भएमा सोही मूल्यलाई आधार मानेर नियमित समयमा कम्पनीको शेयर कारोबार अघि बढ्नेछ।