सम्पत्ति शुद्धीकरण मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

-



     सफल आवाज    
     श्रावण २७ गते २०८३ मा प्रकाशित



काठमाडौं, २७ साउन। विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का पूर्वअध्यक्ष एवं उद्योगी शेखर गोल्छासँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार थुनाछेक बहसपछि उक्त धरौटी आदेश दिएको हो।

व्यवसायी गोल्छाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको थियो। अदालतले माग गरेबमोजिमको धरौटी रकम (वा बैंक ग्यारेन्टी) बुझाएमा उनी तारिखमा रहेर मुद्दा लड्न पाउनेछन् भने नबुझाएमा थुनामा पठाउनुपर्ने कानुनी व्यवस्था छ।