
पाेखरा, २७ साउन । नेपाल स्टक हाउस प्रा.लि. (स्टक ब्रोकर नम्बर १४) ले विगत लामो समयदेखि आफ्ना ग्राहकहरूलाई शेयर खरिद, बिक्री सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।
ग्राहक सेवालाई थप विस्तार गर्दै स्टक हाउसले सेवा सूचीमा मार्जिन लेन्डिङ (Margin Lending) सेवा सुरु गरेको नेपाल स्टक हाउस पोखरा शाखा प्रमुख गोकुल रिमालले जानकरी दिनुभयो।
मार्जिन लेन्डिङ अन्तर्गत ग्राहकहरूले ब्रोकरबाट रकम सापटी लिई शेयर खरिद गर्न सक्नेछन्। प्रचलित नियम अनुसार ग्राहकले शेयर खरिदका लागि आवश्यक रकमको ३० % रकम प्रारम्भिक मार्जिन (Initial Margin) स्वरूप जम्मा गर्नुपर्नेछ र बाँकी रकम ब्रोकरबाट ऋणको रूपमा प्राप्त गर्न सक्नेछ।
मार्जिन लेन्डिङ सेवाले ग्राहकहरुलाइ सहज रुपमा शेयर खरिद गर्न र तुरुन्तै बिक्रि गर्न पनि सहज हुनेछ। आफुसंग भएको थोरै रकमले पनि सस्तो ब्याजमा ऋण लिएर धेरै कारोबार गर्न सक्नेछन्।
मार्जिन लेन्डिंग बारे पोख्रेलि शेयर कारोबारी लगानीकर्ताहरुले चासोकासाथ सोधपुछ गरिरहेका शाखा प्रमुख रिमालले बताउनुभयो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




