
काठमाडौं, २८ साउन । हातका औँलाका भरमा सेकेन्डमै हुने वित्तीय कारोबारले अब नेपाली अर्थतन्त्रलाई पूर्णतः नयाँ र अत्याधुनिक दिशामा मोड्ने भएको छ। नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता र आधुनिक प्रविधिलाई दृष्टिगत गर्दै ‘डिजिटल रूपैयाँ’ (CBDC) को महत्वाकांक्षी अवधारणा सार्वजनिक गरेको छ।
भौतिक नोटको भरपर्दो विकल्पका रूपमा ल्याउन लागिएको यो डिजिटल मुद्राले नेपालको वित्तीय भविष्यलाई प्रविधिमैत्री र सुरक्षित बनाउने विश्वास लिइएको छ।
कसरी चल्छ डिजिटल रूपैयाँ?
राष्ट्र बैंकले सार्वजनिक गरेको अवधारणा पत्र अनुसार यस प्रणालीलाई आधुनिक र व्यावहारिक बनाउन विशेष प्राविधिक ढाँचा तय गरिएको छ:
- मध्यस्थतायुक्त (Intermediated) मोडेल: डिजिटल रूपैयाँको मुख्य जारीकर्ता केन्द्रीय बैंक स्वयं रहनेछ। तर, यसको वितरण र प्रयोगकर्तासँगको प्रत्यक्ष सम्बन्ध भने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत नै हुनेछ।
- अर्ध-केन्द्रीयकृत (Semi-centralized) प्रणाली: यस पूर्वाधारले राष्ट्र बैंकलाई सम्पूर्ण प्रणालीको अनुगमन र नियन्त्रण गर्ने अधिकार दिन्छ, जसले प्राविधिक सञ्चालनलाई थप तीव्र र सुरक्षित बनाउनेछ।
- खाता र टोकन दोहोरो सुविधा: यो मुद्रा सामान्य बैंक खाताजस्तै सुरक्षित पनि हुनेछ भने टोकन प्रणालीमार्फत भौतिक नोट झैँ सहजै हस्तान्तरण गर्न सकिनेछ।
- २४ै घण्टा निर्बाध सेवा: बिदा वा बैंक बन्द हुने समयको पर्वाह नगरी हप्ताको ७ दिन र २४ै घण्टा जुनसुकै समयमा कारोबार गर्न सकिनेछ।
स्थिरता र सुरक्षामा विशेष ध्यान
डिजिटल रूपैयाँलाई गैर-ब्याजयुक्त (Non-interest bearing) बनाइनेछ भने एक व्यक्तिले राख्न पाउने यसको परिमाणमा निश्चित सीमा तय गरिनेछ। यस्तो नीतिले अर्थतन्त्रमा मुद्राको आपूर्ति नियन्त्रणमा राख्दै सम्भावित वित्तीय जोखिम र मुद्रास्फीति रोक्न मद्दत पुर्याउनेछ।
नेपाललाई डिजिटल युगको प्रतिप्रर्धी अर्थतन्त्रका रूपमा उभ्याउन यो कदम कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ। आगामी दिनमा हुने यसको सफल परीक्षण र व्यावहारिक कार्यान्वयनतर्फ अब सिङ्गो वित्तीय क्षेत्रको ध्यान केन्द्रीत भएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




