सानिमा रिलायन्स लाइफको खुद नाफा रू ३८ करोड ३८ लाख

-



     सफल आवाज    
     श्रावण २८ गते २०८३ मा प्रकाशित



काठमाडौं, २८ साउन। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SRLI) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि भएको छ।

गएको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (३७ करोड ७४ लाख रुपैयाँ) तुलनामा १.६९ प्रतिशतले बढी हो।

वित्तीय विवरणका प्रमुख सूचकहरू:

  • नाफा र आम्दानी: समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १६.१७ प्रतिशतले बढेको छ भने कुल आम्दानी १०.४९ प्रतिशतले वृद्धि भएको छ।
  • दाबी भुक्तानी र खर्च: सोही अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी १०.३१ प्रतिशत र कुल खर्च १०.८७ प्रतिशतले बढेको छ।
  • प्रतिशेयर आम्दानी (EPS): खुद नाफामा आएको सुधारसँगै प्रतिशेयर आम्दानी १३ पैसाले बढेर ७ रुपैयाँ ६५ पैसा पुगेको छ।
  • मूल्य आम्दानी अनुपात र नेटवर्थ: गत असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात (P/E Ratio) ४९.४९ गुणा र प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६२ पैसा रहेको छ।

५ अर्ब १ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ।