
काठमाडौं, ३० साउन। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन २३ गते शनिबारदेखि साउन २९ गते शुक्रबारसम्मको एक सातामा सुनको मूल्य प्रतितोला ४ हजार ७०० रुपैयाँले बढेको हो।
गत साउन २३ गते शनिबार प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन साउन २९ गते शुक्रबारसम्म आइपुग्दा ३ लाख १ हजार ६०० रुपैयाँ पुगेको छ।
साताभरिको दैनिक मूल्य उतारचढाव:
| मिति (साउन) | बार | मूल्य परिवर्तन (प्रतितोला) | कायम मूल्य (प्रतितोला) |
| २३ गते | शनिबार | – | रु २,९६,९०० |
| २४ गते | आइतबार | रु ४,८०० ले बढेको | रु ३,०१,७०० |
| २५ गते | सोमबार | रु २०० ले घटेको | रु ३,०१,५०० |
| २६ गते | मंगलबार | रु ६,४०० ले बढेको | रु ३,०७,९०० |
| २७ गते | बुधबार | रु १,२०० ले घटेको | रु ३,०६,७०० |
| २८ गते | बिहीबार | रु ५०० ले घटेको | रु ३,०६,२०० |
| २९ गते | शुक्रबार | रु ४,६०० ले घटेको | रु ३,०१,६०० |
साताको सुरुवातमा आइतबार एकैदिन ४ हजार ८०० रुपैयाँले बढेको सुन सोमबार सामान्य २०० रुपैयाँले घटेको थियो। तर, मंगलबार फेरि ६ हजार ४०० रुपैयाँको ठूलो वृद्धि भई प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँको उच्च विन्दुमा पुगेको थियो।
साताको अन्तिम तीन दिन भने मूल्य लगातार ओरालो लाग्यो। बुधबार १,२००, बिहीबार ५०० र शुक्रबार ४,६०० रुपैयाँले घटेर कारोबार बन्द भएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण यो साता स्थानीय बजारमा मूल्यमा तीव्र उतारचढाव देखिएको हो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




