
काठमाडौं, ३१ साउन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण र विद्युत् व्यापारलगायत समग्र ऊर्जा क्षेत्रमा सहभागी गराउने गरी नयाँ विद्युत् विधेयक ल्याउन माग गरेको छ।
इप्पान अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई भेटी ऊर्जा क्षेत्रको विकास र लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत तथा कानुनी सुधारबारे ध्यानाकर्षण गराएको हो।
भेटका क्रममा अध्यक्ष डाँगीले सरकारको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न निजी क्षेत्र तयार रहेको भन्दै नयाँ विधेयक, वन र पीपीए सम्बन्धी समस्या समाधानमा सहयोगको आग्रह गर्नुभयो।
इप्पानले राखेका प्रमुख मागहरू:
- रोकिएको PPA खुलाउनुपर्ने: लामो समयदेखि रोकिएको करिब १७ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) तत्काल खुलाउनुपर्ने।
- व्यापार र प्रसारणमा सहभागिता: प्रसारण पूर्वाधार निर्माण तथा विद्युत्को आयात–निर्यात र अन्तरदेशीय व्यापारमा निजी क्षेत्रलाई कानुनी रूपमा सहभागी गराउनुपर्ने।
- झन्झटिलो प्रक्रिया र एकद्वार प्रणाली: वन, वातावरण र जग्गा प्राप्तिको स्वीकृतिमा हुने ढिलाइ हटाउन समयसीमासहितको एकद्वार प्रणाली लागू गर्नुपर्ने।
- अधिकार क्षेत्र र सुरक्षा स्पष्टता: संघ, प्रदेश र स्थानीय तहबीचको अधिकारक्षेत्र स्पष्ट गर्दै जलविद्युत् आयोजनालाई राष्ट्रिय प्राथमिकताको पूर्वाधार मानेर लगानी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने।
ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा अध्यक्ष रवि लामिछानेले निजी क्षेत्रको लगानी प्रवर्द्धन र सुरक्षाप्रति प्रतिबद्धता जनाउनुभयो। उहाँले विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता आवश्यकता मात्र नभई अपरिहार्य भइसकेको धारणा व्यक्त गर्नुभयो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




