
काठमाडौं, १ भदाै। एनएमबि क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालनमा रहेका तीन वटा म्युचुअल फण्डहरुको लाभांश (प्रतिफल) घोषणा गरेको छ।
क्यापिटलको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ र एनएमबि हाइब्रिड फण्ड एल २ का इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कुन फण्डको लाभांश कति ?
| फण्डको नाम | लाभांश दर (कर सहित) |
| एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ (NSIF2) | १०% |
| एनएमबि हाइब्रिड फण्ड एल २ (NMBHF2) | ४.५% |
| एनएमबि फिफ्टी (NMB50) | ३.१५% |
बुकक्लोज र लाभांश पाउने समय
लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ ८ गते, सोमबार, एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ।
यस अनुसार भदौ ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका इकाईधनीहरु मात्र यी फण्डहरुको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




