साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा १०.५२६३ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र २ गते २०८३ मा प्रकाशित



काठमाडाैं, २ भदाै । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांशको विवरण:

  • बोनस शेयर: ४ प्रतिशत
  • नगद लाभांश: ६.५२६३ प्रतिशत (कर प्रयोजनसहित)

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूमा वितरण गरिनेछ।