
काठमाडाैं, ४ भदाै । माण्डु हाइड्रोपावर लिमिटेड (MANDU) को लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र कम्पनीको आगामी साधारण सभामा सहभागिता जनाउन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
साधारण सभा र लाभांशसम्बन्धी मुख्य विवरण:
- सभा हुने मिति र स्थान: भदौ १८ गते, बिहान १० बजे, नेपाल बैंक्वेट, नयाँबजार, काठमाडौँ (१४ औँ तथा १५ औँ वार्षिक साधारण सभा)।
- मुख्य प्रस्ताव (लाभांश):
- बोनस शेयर: आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर।
- नगद लाभांश: आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट १२ प्रतिशत नगद लाभांश।
- कर प्रयोजन: लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश।
- अन्य प्रस्तावहरू: प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पारित गरिनेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




