
काठमाडौ, ६ भदाै । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५ हजार १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ३० गते शनिबार प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य भदौ ५ गते शुक्रबारसम्म आइपुग्दा बढेर ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको हो।
साताभरि सुनको मूल्यमा भएको उतारचढाव
| मिति | दैनिक परिवर्तन | प्रतितोला मूल्य (रु) |
| साउन ३० (शनिबार) | – | ३,०१,६०० |
| साउन ३१ (आइतबार) | रु ३,६०० ले बढेको | ३,०५,२०० |
| भदौ १ (सोमबार) | रु १,६०० ले बढेको | ३,०६,६०० |
| भदौ २ (मंगलबार) | स्थिर | ३,०६,६०० |
| भदौ ३ (बुधबार) | रु २,७०० ले घटेको | ३,०४,१०० |
| भदौ ४ (बिहीबार) | रु ९,३०० ले बढेको | ३,१३,४०० |
| भदौ ५ (शुक्रबार) | रु ३,३०० ले बढेको | ३,१६,७०० |
मूल्य वृद्धिको कारण: अन्तर्राष्ट्रिय तनाव र भूराजनीति
महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार होर्मुज जलमार्गमा देखिएको भूराजनीतिक गतिरोध र अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनको मूल्य ह्वात्तै बढेको हो। विशेषगरी इरान र ओमानबीचको सम्झौताको विषयलाई लिएर अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको चासो र होर्मुज जलमार्ग नियन्त्रणको प्रयासले अन्तर्राष्ट्रिय बजार तरंगित बनेको छ। यसबाहेक, अन्तर्राष्ट्रिय स्तरमा सुनको सञ्चिति बढ्नु र आन्तरिक रूपमा उपभोक्ताको क्रयशक्ति घट्नुले पनि बजारमा असर पारेको छ।
साउन महिनामा १ अर्ब २ करोडको सुन आयात
भन्सार विभागको तथ्याङ्क अनुसार मूल्यमा उच्च उतारचढावका बीच चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा मात्रै नेपालमा ५० हजार ग्राम (५० किलो) ‘फाइन गोल्ड’ आयात भएको छ। उक्त परिमाणको सुन आयात गर्दा नेपालबाट १ अर्ब २ करोड ६६ लाख रुपैयाँ (१०२६.५५ मिलियन) बाहिरिएको विभागले जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




