स्वरोजगार र विन नेपाल लघुवित्तको भदौ २१ गतेदेखि एकीकृत कारोबार

-



     सफल आवाज    
     भाद्र ७ गते २०८३ मा प्रकाशित



काठमाडौं, ७ भदाै । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार सुरु गर्न लागेको हो।

प्राप्तिसम्बन्धी प्रस्तावलाई स्वरोजगार लघुवित्तको जेठ १ गते सम्पन्न विशेष साधारण सभा र विन नेपाल लघुवित्तको जेठ ५ गते सम्पन्न वार्षिक साधारण सभाले औपचारिक रूपमा पारित गरेका थिए।

एकीकृत कारोबारका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट आवश्यक अन्तिम स्वीकृतिसमेत प्राप्त भइसकेको कम्पनीहरूले जनाएका छन्। एकीकृत कारोबार सुरु हुने दिन (भदौ २१ गते) डाटा माइग्रेसन तथा प्राविधिक व्यवस्थापनका लागि दुवै कम्पनीको सम्पूर्ण कारोबार बन्द रहनेछ।

प्राप्तिपछिको विवरण:

  • कारोबार हुने नाम: स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड
  • केन्द्रीय कार्यालय: बनेपा-५, काभ्रेपलाञ्चोक
  • सूचीकृत शेयर (स्वरोजगार): ८९ लाख ५६ हजार ३३७ कित्ता
  • सूचीकृत शेयर (विन नेपाल): ८ लाख ४३ हजार ४०६ कित्ता

धितोपत्रको दोस्रो बजारमा सूचीकृत यी दुवै संस्थाको एकीकृत कारोबारपछि वित्तीय पहुँच र व्यावसायिक क्षमता अझ सुदृढ हुने विश्वास लिइएको छ।