
काठमाडौं, ८ भदाैं। माडा साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा झरेको छ।
कारोबार अवधिमा नेप्सेले २६०० को मनोवैज्ञानिक टेवा विन्दु परीक्षण गर्दै सोभन्दा केही तल झरेपनि अन्तिम समयमा सोही विन्दु नजिकै पुगेर बन्द भएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक, फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंकले ओरालो लागेका छन्। बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
गत शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा सोमबार ३५० स्टकको ५३ हजार १५३ पटकको कारोबारमा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँ बराबरको ८५ लाख ७२ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रमुख बजार सूचकहरू:
- सर्वोत्तम पेन्ट्सको लगातार आठौँ दिन सकारात्मक सर्किट: कम्पनीको शेयरमूल्य ११९ रुपैयाँ ६० पैसा (सकारात्मक सर्किट) ले बढेर ९१७ रुपैयाँ २० पैसा पुगेको छ।
- उच्च कमाउने अन्य कम्पनी: धौलागिरी लघुवित्तको शेयरमूल्य करिब १२ प्रतिशत र सिवाईसी लघुवित्तको ९ प्रतिशतभन्दा बढीले बढेको छ।
- धेरै गुमाउने कम्पनी: पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८३ प्रतिशतले घटेको छ।
- शीर्ष कारोबार हुने कम्पनीहरू: रिलायन्स स्पिनिङ्ग मिल्स (१२ करोड ७२ लाख रुपैयाँ), सोलु हाइड्रोपावर (करिब १२ करोड रुपैयाँ) र साहस उर्जा (साढे १० करोड रुपैयाँभन्दा बढी)।
- उपसमूहको अवस्था: कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन्। जसमध्ये जलविद्युत उपसमूह सर्वाधिक १.१९ प्रतिशत र निर्जीवन बीमा उपसमूह १ प्रतिशतभन्दा बढीले घटेका छन् भने बाँकी उपसमूहको गिरावट १ प्रतिशतभन्दा कम रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




