राष्ट्र बैंकसँग ६ वटा बैंकले मागे लाभांश वितरणकाे स्वीकृति

-



     सफल आवाज    
     भाद्र ९ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ९ भदाै। नेपाल राष्ट्र बैंकसँग ६ वटा बैंकले लाभांश वितरणकाे लागि स्वीकृति माग गरेका छन। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न बैंकहरूले पूर्वस्वीकृति मागेका हुन।

गत आर्थिक वर्षको बाह्य लेखापरीक्षण सम्पन्न गरेका नबिल बैक, एभरेस्ट बैक, सानिमा बैक, माछापुच्छ्रे बैक र कुमारी बैंकसहित नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणाको प्रक्रिया अघि बढाउँदै केन्द्रीय बैंकमा निवेदन दिएकाे बताइएकाे छ।

सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरणअनुसार निवेदन दिएका यी बैंकहरूमध्ये एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा उच्च (३८.३२ प्रतिशत) देखिएको छ। यसैगरी, सानिमाको २०.८५ प्रतिशत र नबिल बैंकको १९.१ प्रतिशत लाभांश क्षमता देखिन्छ। माछापुच्छ्रे र कुमारी बैंकको क्षमता भने क्रमशः ७.५१ र ३.०२ प्रतिशत रहेको छ।

नियमअनुसार राष्ट्र बैंकबाट पूर्वस्वीकृति पाएपछि मात्र यी बैंकको सञ्चालक समितिले लाभांशको दर प्रस्ताव गर्नेछन्। साथै साधारणसभा बोलाउनुअघि पुनः राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था समेत रहेकाे छ।