
काठमाडौं, ९ भदाै। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा झरेको छ। परिसूचकसँगै प्रमुख सूचकहरू पनि ओरालो लागेका छन्। सेन्सेटिभ इण्डेक्स ०.५० अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंकले घटेका छन्।

कारोबार रकममा भने सुधार
नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा उल्लेख्य सुधार आएको छ। सोमबार ३ अर्ब २३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा मंगलबार ३५७ वटा कम्पनीका १ करोड ४४ हजार कित्ता सेयर ४६ हजार ५८९ पटक कारोबार हुँदै ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सर्वोत्तम पेन्ट्समा सकारात्मक सर्किट
अंक घटेको बजारमा पनि सर्वोत्तम पेन्ट्सको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १३७ रुपैयाँ ५० पैसाले बढेर अन्तिम कारोबार मूल्य १ हजार ५४ रुपैयाँ ७० पैसा पुगेको छ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य करिब १५ प्रतिशत तथा नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६ प्रतिशतले बढेको छ। यता, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १०.०७ प्रतिशतले घटेको छ।
मकर जितुमाया सुरी हाइड्रोपावरको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ९० करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको १७ करोड ५० लाख रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
दुई उपसमूह मात्र हरियो
कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.९१ प्रतिशतले घटेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




