
धादिङ बेशी, १० भदौ। त्रिशूली नदीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोला पुल बगाएको छ । पुल बगाएसँगै धादिङका आठ स्थानीय तहलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य सडक सम्पर्क अवरुद्ध भएको छ ।
फुर्केखोला पुल हुँदै धादिङको सद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती, गङ्गा जमुना, खनिया बास, रुवीभ्याली गाउँपालिका र नीलकण्ठ नगरपालिका जाने सडक हाल अवरुद्ध भएको छ ।
भोटेकोशी नदीमा आएको बाढिले त्रिशूली नदीमा पानीको बहाव बढ्दा फुर्के खोलास्थित पुल बगाएको हो ।
उक्त पुल धादिङ बेशी तथा जिल्लाको उत्तरी क्षेत्रलाई मलेखु हुँदै पृथ्वी राजमार्गसँग जोड्ने महत्त्वपूर्ण सडक संरचना हो ।
पुल बगाएपछि धादिङ बेशीबाट मलेखुतर्फ तथा जिल्लाका विभिन्न स्थानीय तहबाट पृथ्वी राजमार्गतर्फ हुने सवारी आवागमन प्रभावित भएको छ ।
सडक सम्पर्क अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवतजावतमा समस्या उत्पन्न भएको छ । त्रिशूली नदीमा आएको बाढीले जरेखेत, घाटबेशीलगायतको अन्य स्थानको पुल बगाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




