
काठमाठाैं, १२ भदाै । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना साधारण तथा अग्राधिकार सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
भदौ ११ गते बसेको बैक सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत र अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत (समानुपातिक) नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो।
लाभांशको मुख्य विवरण
| विवरण | साधारण सेयर | अग्राधिकार सेयर | कुल (जम्मा) |
| चुक्ता पुँजी | रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ | रु. २ अर्ब | रु. १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ |
| प्रस्तावित लाभांश (%) | १०% (नगद) | ८.२५% (समानुपातिक) | – |
| कुल लाभांश रकम | रु. १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ | रु. ५ करोड २४ लाख ३८ हजार ३५६ | रु. १ अर्ब ४१ करोड ५ लाख ९० हजार ८९७ |
स्वीकृत र अनुमोदनको प्रक्रिया
सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्नुपर्नेछ। साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्नेछन्।
अग्राधिकार सेयरधनीको हकमा सेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका आधारमा समानुपातिक (Pro-rata) रूपमा करसहित ८.२५ प्रतिशत लाभांश छुट्याइएको बैंकले जनाएको छ।
हाल सानिमा बैंकले देशका सातै प्रदेशमा रहेका १३४ वटा शाखा कार्यालयहरू तथा १२७ वटा एटीएममार्फत ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




