
पोखरा, १२ भाद्र । रसुवामा आएको विनाशकारी बाढीबाट सिर्जित विपद्मा परी प्रभावित भएका नागरिकहरूको उद्धार, खोजी तथा राहत कार्यका लागि गण्डकी प्रदेश सरकारले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा रु. ४ करोड प्रदान गर्ने निर्णय गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक अपिल जारी गर्दै उक्त सहयोगको घोषणा गरेका हुन्।
रसुवा, नुवाकोट लगायतका क्षेत्रमा धार्मिक तथा अन्य यात्राका क्रममा पुगेका गण्डकी प्रदेशका विभिन्न जिल्लाका नागरिकहरूसमेत बाढीका कारण सम्पर्कविहीन भएको खबरप्रति प्रदेश सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ। सम्पर्कविहीन नागरिकहरूको शीघ्र खोजी, शवहरूको उचित व्यवस्थापन, घाइतेहरूको उपचार तथा आश्रयविहीनका लागि सुरक्षित बसोबास र राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिएका छन्।
मुख्यमन्त्री पाण्डेद्वारा जारी अपिलमा भनिएको छ, “रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुर लगायतका स्थानमा आएको बाढी कुनै एक क्षेत्रको मात्र पीडा नभई सम्पूर्ण नेपालीको साझा चुनौती हो। संकटको यस घडीमा पीडितको साथमा उभिनु हामी सबैको मानवीय दाय दायित्व हो।”
गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक र आम नागरिकलाई आ-आफ्नो स्थानबाट राहत तथा उद्धार कार्यमा सक्रिय सहयोग पुर्याउन आग्रह गरेको छ। साथै, विपद्को यस्तो संवेदनशील समयमा अपुष्ट सूचना वा अफवाह नफैलाई आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न र धैर्य एवं संयम अपनाउनसमेत अपिल गरिएको छ।
विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रदेश सरकारले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




