
काठमाडौं, १४ भदाै । विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न वाणिज्य बैंकहरूमार्फत साढे ६ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।
उपलब्ध पछिल्लो विवरणअनुसार भदौ १२ गतेसम्म कोषमा ९ वटा बैंकमार्फत कुल ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार रुपैयाँ संकलन भएको हो।
भदौ ११ गतेसम्म कोषमा ४ अर्ब ९ करोड १६ लाख ६ हजार ६ सय ७० रुपैयाँ रहेकोमा पछिल्लो २४ घण्टामा मात्रै थप २ अर्ब ४६ करोड २२ लाख १ हजार ३ सय ४१ रुपैयाँ संकलन भएको छ।
राष्ट्रिय वाणिज्य बैंकबाट सबैभन्दा बढी रकम जम्मा
कोषमा रकम जम्मा गर्ने बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा रहेको छ। उक्त बैंकमार्फत सबैभन्दा बढी ३ अर्ब २७ करोड ९० लाख २ हजार ३ सय ३५ रुपैयाँ जम्मा भएको छ।
त्यस्तै, एभरेस्ट बैंकले १ अर्ब ९५ करोड २७ लाख १८ हजार १ सय ८५ रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३० करोड ६२ लाख ८८ हजार ७ सय ५० रुपैयाँ, हिमालयन बैंकले २३ करोड १७ लाख १४ हजार ९ सय ५३ रुपैयाँ र नबिल बैंकले १६ करोड ४० लाख ४७ हजार ७०८ रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।
यसैगरी, ग्लोबल आईएमई बैंकबाट १३ करोड १ लाख ८० हजार रुपैयाँ, कृषि विकास बैंकबाट ९ करोड ५२ लाख ६२ हजार ७ सय १५ रुपैयाँ, नेपाल बैंकबाट ९ करोड २३ लाख ८८ हजार ६ सय १४ रुपैयाँ र लक्ष्मी सनराइज बैंकबाट ३ करोड ८० लाख ८५ हजार ७ सय ५१ रुपैयाँ जम्मा भएको छ।
वैदेशिक सहयोग: ६ लाख ८० हजार अमेरिकी डलर संकलन
कोषमा स्वदेशी मुद्राका अलावा अमेरिकी डलरमा पनि रकम संकलन भइरहेको छ। भदौ १२ गतेसम्म कोषमा ६ लाख ८० हजार ६ सय १८ अमेरिकी डलर जम्मा भएको छ।
डलर खातामा रकम जम्मा गर्नेमा हिमालयन बैंकमार्फत ५ लाख ९१ हजार ४ सय ५१ अमेरिकी डलर र लक्ष्मी सनराइज बैंकमार्फत ८९ हजार १ सय ६७ अमेरिकी डलर प्राप्त भएको बैंकगत विवरणमा उल्लेख छ। विपद्का समयमा बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट कोषमा रकम जम्मा हुने क्रम जारी छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




