
काठमाडौं, १७ भदाै। प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूबिच उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ आर्थिक सहयोग प्रदान गरेको छ।
अकल्पनीय बाढीका कारण भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको यस दुःखद् घडीमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गरेको हो।
अर्थ मन्त्रालयमा आयोजना गरिएको एक विशेष कार्यक्रमका बिच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रु. २,११,११,१११ (दुई करोड एघार लाख एघार हजार एक सय एघार) को चेक हस्तान्तरण गर्नुभयो।
चेक हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका अध्यक्ष किशोर जङ्ग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो।
यस विषम परिस्थितिमा बाढीका कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति प्रभु बैंक परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




