
काठमाडौं, १८ भदाै । सरकारले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै आगामी भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावासहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिए।
बैठकले बाढीपछिको पुनर्निर्माण, राहत तथा नागरिकको जनजीवन सहज बनाउन केन्द्रित हुँदै महत्वपूर्ण निर्णयहरू गरेको छ।
मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरू:
- राष्ट्रिय शोक र सार्वजनिक बिदा: भदौ १० गतेको अकल्पनीय बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाइनेछ। साथै, आगामी भदौ २३ गते ‘जेनजी शहीद दिवस’ को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
- एडीबी अनुदान स्वीकार: एसियाली विकास बैंक (एडीबी) बाट आपत्कालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।
- व्यवसाय पुनर्स्थापन योजना: बाढी प्रभावित क्षेत्रका उद्योग तथा व्यवसायलाई पुनः सुचारु गर्न एकीकृत व्यवसाय पुनर्स्थापन योजनाअन्तर्गत कर, महसुल र राहतमा विशेष सहुलियत प्रदान गरिनेछ।
- सुरक्षाकर्मी र कर्मचारीलाई सुविधा: खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च र निःशुल्क उपचारको व्यवस्था गरिनेछ। कार्यक्षेत्रमा मृत्यु भएमा निजको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने निर्णय भएको छ।
- सहुलियत दरमा चिनी आयात: आगामी चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिकटन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिइएको छ।
- सचिव पदमा बढुवा: नारायणप्रसाद भट्टलाई सचिव पदमा बढुवा गरी कोशी प्रदेशको मुख्य सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको छ।
- पुनर्निर्माणमा प्राथमिकता: मन्त्रिपरिषद्ले बाढीपछिको पुनर्निर्माण र पीडितहरूको जनजीवन चाँडो सामान्य बनाउन विशेष प्राथमिकता दिने जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




