
काठमाडौ, १९ भदाै। प्रभु बैंक लिमिटेडका ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारजनले भारतको गुरुग्राम, हरियाणास्थित चर्चित ‘मेदान्त द मेडिसिटी हस्पिटल’को सेवा सुविधामा विशेष छुट पाउने भएका छन्।
बैंक र हस्पिटलबीच भएको सम्झौताअनुसार प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक, बैंकका कर्मचारी र तिनका परिवारजनलाई मेदान्ता हस्पिटलका विभिन्न सेवामा १५ प्रतिशत छुट प्रदान गरिने भएको हो।
सम्झौताअनुसार प्रभु बैंकका कार्डबाहक तथा कर्मचारीहरूले मेदान्ता हस्पिटलको बहिरङ्ग सेवा अन्तर्गतका सम्पूर्ण परामर्श, ल्याबोरेटरी (प्रयोगशाला) र रेडियोलोजी जाँचहरूमा प्रचलित दरमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। यसैगरी, अन्तरङ्ग सेवा अन्तर्गत कोठाको भाडा, ल्याबोरेटरी र रेडियोलोजी जाँचहरूमा पनि १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
उक्त सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी हस्पिटलका तर्फबाट प्रमुख–कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंक लिमिटेडका तर्फबाट कन्ट्री हेड (भारत) सुनिल मिश्राले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। यो सम्झौता सन् २०२६ अगस्ट १५ देखि लागू भई २०२८ अगस्ट १४ (दुई वर्ष) सम्म कायम रहने बैंकले जनाएको छ।
प्रभु बैंकले हाल नेपालभर रहेका आफ्ना ३०० शाखा कार्यालय, २६२ वटा एटीएम र ६६ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ। यस सम्झौताले भारतमा उपचारका लागि जाने प्रभु बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा आर्थिक राहत पुग्ने विश्वास बैंकले लिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




