
काठमाडाैं, १९ भदाै। गत भदाै १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा मानवीय तथा भौतिक क्षति ब्यहाेरेका बाढीपिडितकाे राहत तथा उद्धारका लागी एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडकाे तर्फबाट १० लाख ११ हजार १ सय ११ सहयाेग प्रदान गरिएकाे छ ।
यस विपद्को कठिन घडीमा प्रभावित नागरिक एवं परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा याे सहयोग प्रदान हाे ।
विपदबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारबाट भइरहेको प्रयासमा संस्थाको याे सहयोगले केही हदसम्म योगदान पुग्ने विश्वास लिइएको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताएका छन ।
अकल्पनीय क्षति ब्यहाेरेका बाढीपिडितकाे परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्का क्रममा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति लघुवित्तले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकाे छ ।
यस प्राकृतिक विपद्का कारण सर्वसाधारण नागरिक तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले भोग्नुपरेको पीडा, कठिनाइ र असहज परिस्थितिप्रति संस्थाले गहिरो सहानुभूति प्रकट गरेकाे छ । प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा संलग्न सम्पूर्ण सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, संघसंस्था तथा स्वयंसेवीहरूलाई संस्थाको तर्फबाट उच्च सम्मान तथा धन्यवाद व्यक्त गरेकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




