सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा रबिन सिंजापति नियुक्त

-



     सफल आवाज    
     भाद्र १९ गते २०८३ मा प्रकाशित



काठमाडौँ,१९ भदौ । बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रबिन सिंजापति नियुक्त भएका छन्।

आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। यसअघि बैंकको सिईओको रुपमा सुयोग श्रेष्ठले नेतृत्व गरेका थिए ।

नवनियुक्त सिईओ सिंजापती यसअधि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आबद्ध थिए । गत असारबाट उनले सो बैंकबाट राजिनामा दिएका थिए ।