
काठमाडाैं, २३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
बैंकको सञ्चालक समितिको निर्णय अनुसार उक्त सभा आउँदो असोज १६ गते, शुक्रबार नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौँमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
सभामा बैंकको हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गरिनेछ।
यसका साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका सामान्य तथा विशेष प्रस्तावहरु पारित हुनेछन्।
बुकक्लोज र शेयरधनीको योग्यता
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार असोज २ गतेसम्म (असोज ३ र ४ गते सार्वजनिक बिदा परेको खण्डमा वा सो अघिको अन्तिम कारोबार दिनसम्म) नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र बैंकको साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




