
काठमाडौं, २४ भदाै। पछिल्ला चार कारोबार दिन लगातार बढेको शेयर बजारमा साताको दोस्रो कारोबार दिन बुधबार भने ब्रेक लागेको छ। नेप्से परिसूचक सामान्य अंकले घट्दा बजार परिसूचक २५४५.४० विन्दुमा ओर्लिएर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक १५.४३ अंकले घटेको हो। परिसूचकमा गिरावट आए पनि शेयर कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ।
गत सोमबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा बुधबार कारोबार रकम बढेर ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँ पुगेको छ। कुल ३५२ वटा स्टकको ५० हजार ८०४ पटकको कारोबारमा १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच भएका छन्।
कारोबारका क्रममा अन्य सूचकहरू पनि नकारात्मक रहे। सेन्सेटिभ इण्डेक्स १.६१ अंक, फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंकले घटेका छन्।

अप्पर लोहोरे खोलामा सर्किट, इमर्जिङ्ग नेपालसहित ३ कम्पनीमा गिरावट
घट्दो बजारमा पनि अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य रु. ३९ ले बढेर अन्तिम कारोबार मूल्य रु. २९९ पुगेको छ। यस्तै, शुभम् पावरको शेयरमूल्य करिब साढे ६ प्रतिशतले उकालो लागेको छ।
उता इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सका शेयरधनीले भने सर्वाधिक गुमाएका छन्। यी तीनवटै कम्पनीको शेयरमूल्य ५ प्रतिशतले घटेको छ।
रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहन सफल भएको छ। उक्त कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी, सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढी तथा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
सबै उपसमूह राताम्मे, विकास बैंकमा धेरै गिरावट
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेर राताम्मे बनेका छन्। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशतले ओरालो लाग्यो।
यस्तै वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




