
काठमाडाैं, २५ भदाै । साउन महिनाको तथ्यांक अनुसार निर्जीवन बीमा बजारमा परम्परागत बीमा कम्पनीहरूको दबदबा कायमै छ। १४ परम्परागत बीमकहरूले २ लाख २९ हजार ५९९ वटा बीमालेख जारी गर्दै ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
अर्कोतर्फ, भर्खरै व्यवसाय विस्तार गरिरहेका ४ वटा नवप्रवेशी लघु निर्जीवन बीमा कम्पनीहरूले २५ हजार आठ वटा बीमालेख जारी गरी ७३ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
परम्परागत निर्जीवन बीमा कम्पनीहरूको साउन महिनाको व्यवसाय:
| क्र.सं. | कम्पनीको नाम | जारी बीमालेख संख्या | संकलित प्रिमियम (रु.) |
| १ | हिमालयन एभरेष्ट इन्स्योरेन्स | २७,८७१ | ५,६२,५१,८९२ |
| २ | सगरमाथा लूम्विनी इन्स्योरेन्स | २२,९६४ | ५,५३,२६,६६० |
| ३ | एनएलजी इन्स्योरेन्स | १९,७५६ | ५,३४,६७,२४५ |
| ४ | शिखर इन्स्योरेन्स | २७,६५२ | ५,१२,०२,०४० |
| ५ | सिद्धार्थ प्रिमियर इन्स्योरेन्स | २०,६६६ | ४,६७,६५,७१० |
| ६ | आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स | १८,५५७ | ४,४७,१३,३६१ |
| ७ | दि ओरिएन्टल इन्स्योरेन्स | ४,८९५ | ४,४३,७०,४२६ |
| ८ | नेको इन्स्योरेन्स | २३,०४४ | ३,८०,८५,३२५ |
| ९ | युनाइटेड अजोड इन्स्योरेन्स | २७,९८३ | ३,३२,३४,८८४ |
| १० | नेशनल इन्स्योरेन्स | २,६७४ | २,७०,२३,९४१ |
| ११ | नेपाल इन्स्योरेन्स | १३,६६२ | २,५२,७६,००१ |
| १२ | सानिमा जिआईसी इन्स्योरेन्स | ९,९२७ | २,४०,३१,०१२ |
| १३ | राष्ट्रिय बीमा कम्पनी | १,३६७ | १,९०,२२,०२० |
| १४ | प्रभु इन्स्योरेन्स | ८,५८१ | १,४०,६८,०३६ |
| जम्मा | १४ कम्पनीहरू | २,२९,५९९ | ५३,२८,३८,५५५ |
हिमालयन एभरेष्ट अग्रस्थानमा, लघु बीमामा प्रोटेक्टिभ अगाडि
कम्पनीगत आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स ५ करोड ६२ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दै बजारमा अग्रस्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको सगरमाथा लूम्विनीले ५ करोड ५३ लाख २६ हजार रुपैयाँ र तेस्रो स्थानमा रहेको एनएलजी इन्स्योरेन्सले ५ करोड ३४ लाख ६७ हजार रुपैयाँ व्यवसाय गरेका छन्।
अन्य बीमकहरूमा शिखर इन्स्योरेन्स (५ करोड १२ लाख २ हजार), सिद्धार्थ प्रिमियर (४ करोड ६७ लाख ६५ हजार), आइजिआई प्रूडेन्सियल (४ करोड ४७ लाख १३ हजार) र दि ओरिएन्टल इन्स्योरेन्स (४ करोड ४३ लाख ७० हजार) प्रमुख स्थानमा छन्। सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले १ करोड ९० लाख २२ हजार र प्रभु इन्स्योरेन्सले १ करोड ४० लाख ६८ हजार रुपैयाँ संकलन गरेका छन्।
लघु निर्जीवन बीमा कम्पनीहरूतर्फ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी २२ लाख ६६ हजार रुपैयाँ संकलन गरेको छ। नेपाल माइक्रो इन्स्योरेन्सले १७ लाख ८८ हजार, स्टार माइक्रोले १७ लाख ६७ हजार र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १४ लाख ९० हजार रुपैयाँ व्यवसाय गरेका छन्।
पोर्टफोलियोमा सम्पत्ति बीमा र भूगोलमा बाग्मती प्रदेशको वर्चस्व
पोर्टफोलियोका आधारमा विश्लेषण गर्दा निर्जीवन बीमामा सम्पत्ति बीमाको हिस्सा सबैभन्दा ठूलो छ। साउन महिनामा सम्पत्ति बीमाबाट १६ करोड ५७ लाख ५२ हजार रुपैयाँ संकलन भएको छ भने दोस्रो स्थानमा रहेको मोटर बीमाबाट १२ करोड २२ लाख ९६ हजार रुपैयाँ उठेको छ।
यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबाट ७ करोड ५८ लाख, विविध बीमाबाट ५ करोड ९६ लाख, सामूद्रिक बीमाबाट ४ करोड २९ लाख, स्वास्थ्य बीमाबाट ३ करोड २३ लाख र कृषि तथा बाली बीमाबाट १ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ। दायित्व बीमातर्फ भने सबैभन्दा कम १२ लाख ९५ हजार रुपैयाँ मात्र उठेको छ।
प्रदेशगत आधारमा कुल व्यवसायको ७० प्रतिशतभन्दा बढी हिस्सा बाग्मती प्रदेशमा मात्रै सीमित देखिएको छ। बाग्मतीबाट १ लाख २३ हजार ३८९ बीमालेखमार्फत ३८ करोड ६ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशबाट ४ करोड २७ लाख, कोशी प्रदेशबाट ४ करोड १९ लाख, मधेश प्रदेशबाट ३ करोड ५३ लाख, गण्डकीबाट २ करोड ५५ लाख र सुदुरपश्चिमबाट ९९ लाख १ हजार रुपैयाँ प्रिमियम उठेको छ। बीमाको पहुँचका दृष्टिले कर्णाली प्रदेश सबैभन्दा पछाडि छ, जहाँ ४ हजार १३४ बीमालेखमार्फत ३९ लाख ८२ हजार रुपैयाँ मात्र संकलन भएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




