
काठमाडौं, २६ भदाै । युनाइटेड इदी मर्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीका अनुसार प्रस्तावित ५ प्रतिशत बोनस सेयरको कुल रकम २ करोड ४१ लाख ९३ हजार २६० रुपैयाँ बराबर रहेको छ। यस्तै, बोनस सेयरको कर प्रयोजनका लागि १२ लाख ७३ हजार ५३३ रुपैयाँ २१ पैसा नगद लाभांश छुट्याइएको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश कम्पनीको आगामी १७औँ वार्षिक साधारणसभामा पेस गरिनेछ। नियमनकारी निकायको स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्नेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




