
काठमाडौं, २७ भदाै। माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा शेयर प्रिमियम खाताबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको मिति २०८३ भदौ २६ गते अपरान्ह ३:३० बजे बसेको सञ्चालक समितिको ५६४ औँ बैठकले चुक्ता पूँजीका आधारमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशको विवरण:
- साधारण शेयरतर्फ:
- बोनस शेयर: ३.०० प्रतिशत (रकम रु. ३६,२५,८६,३४७/-)
- नगद लाभांश: ३.०० प्रतिशत – बोनस शेयर तथा नगद लाभांशको कर सहित (रकम रु. ३६,२५,८६,३४७/-)
- कुल लाभांश: ६.०० प्रतिशत
- अग्रधिकार शेयरतर्फ:
- नगद लाभांश: ८.२५ प्रतिशत – कर सहित (रकम रु. ७,४५,८९,०४१/-)
- (नोट: अग्रधिकार शेयरको लाभांश शेयर बाँडफाँड भएको मितिदेखि २०८३ आषाढ मसान्तसम्मको लागि समानुपातिक रूपमा प्रदान गरिनेछ।)









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




