कामना सेवाको २० औं साधारण सभाबाट १५ प्रतिशत लाभाशं पारित

-



     सफल आवाज    
     भाद्र ३१ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ३१ भदाै । कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा आज काठमाडाैमा सम्पन्न भएको छ । बैंकका संचालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं दिने प्रस्ताव पारित गरेको छ ।

उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८२।८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व. को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ। सभाबाट बाह्रय लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ।

साधारणसभामा सेयरधनी महानुभावहरुले राखेका जिज्ञासाको बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्पष्ट पारेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सबैकाे साथ र सहकार्यले गर्दा बैकले निरन्तर रुपमा दोहोरो अंकमा लाभाशं वितरण गर्न सफल भएको र आगामी दिनहरुमा अझै संस्थालाई दिगो र सवल बनाउन प्रतिबद्ध रहेको बताए ।