धौवादीको पेलेगाबाट निस्कीरहेको धुँवा बिषाक्त, कार्वन माेनोअक्साइड

-



     नारायण शर्मा/नवलपरासी    
     भाद्र ३१ गते २०८३ मा प्रकाशित



नवलपरासी, ३१ भदाै । पूर्वी नवलपरासीको हुप्सेकोट स्थित धौवादी फलामखानी नजिकैको पेलेगा डाँडाबाट निस्कीरहेको धुँवा कार्वन माेनोअक्साइड रहेको प्रारम्भिक अनुसन्धानवाट पुष्टि भएको छ ।

यो बिषाक्त ग्यास हो । यस्ले सोझै फोक्सो र रगतमा असर गर्छ । यो ग्यासको नजिकमा जानु जोखिम मानिन्छ डा नरनाथ पाण्डेले भने यो ग्यास नियन्त्रण गर्न सरकारले तत्काल ध्यान दिनु पर्छ ।

खानी तथा भूर्गभ बिभागका बिज्ञ प्रकास लुंइटेलको नेतृत्वमा बुधवार धुँवा पुत्ताइरहेकोको स्थानमा पुगेको टोलिले हाल त्यहाँ निस्कीरहेको धुँवा कार्वनमाेनोअक्साइड रहेको जानकारी दिएको छ । यो केहि बिषाक्त ग्यास हो ।

खानी तथा भूगर्भ बिभागका सूचना अधिकारी नारायण बास्कोटाका अनुसार पेलेगामा निस्किरहेको धुँवा गन्धक र पानी मिसिएपछि हुने प्रतिकृयाबाट निस्कने कार्वनमाेनोअक्साइड ग्यास रहेको प्रारम्भिक अनुमान छ ।

यो ग्यास नजिकमा जिवजन्तु पुग्दा सास फेर्न गाह्रो बनाउछ । त्यहाँ निस्कीरहेको धुँवा बाक्लो कार्वनमाेनोअक्साइडयुक्त रहेको पहिलो दिनको अनुसन्धानबाट खुलेको हो । यो ग्यासको बिस्तृत अनुसन्धान आवस्यक रहेको बास्कोटाले औल्याए । यसको नजिकमा मानव बस्ति रहेको छ ।

बुधवार बिहान खानी बिज्ञ प्रकास लुइटेलको नेतृत्वमा पुगेको बिज्ञहरुको समूहले धुँवाको मुस्लो निस्कीरहेको स्थानमा पुगेर प्रारम्भिक तहको चेकजाँच गरेको हो ।

कार्वनयुक्त सेल रहेको चट्टानबाबाट धुँवा निस्कीरहेको पाइएको हो । स्थायिन बुढापाकाहरु त्यहाँ ६०, ७० वर्षअघिदेखि नै डाँडामा ठाउँफेरी फेरी (फरक फरक स्थानबाट) धुवा पुत्ताउने गरेको सुनाउछन् । यो पटक केहि बाक्लो धुँवा निस्केका कारण फेरी एक पटक पेलेगा डाँडो चर्चामा आएको हो ।

धुँवा निस्कोको स्थानवाट २० मिनेटको दुरीमा पेलेगा गाउँ गरेको छ । पेलेगाको नजिकै भडारी र दमार गाउँ छ । त्यहाँ मगरसमुदायका बासिन्दाको बाक्लो बस्ती रहेको छ ।

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीदेखि उत्तर पश्चिममा ( तनहुँ र पाल्पासंग जोडिएको हुप्सेकोट गाउँपालिका छ । यो पालिकामा धौवादी फलामखानी रहेको छ । धौवादी फलामखानी रहेको डाँडाबाट करिब ३ किलोमिटर पश्चिममा रहेको पेलेगा डाँडाबाट हाल यो कालो धुँवा जस्तो देखिने ग्यास (धुँवाको मुस्लो) निस्कीरहेको छ ।

यहाँ ग्यास निस्कीएपछि हुप्सेकोटा गाउपालिकाकी अध्यक्ष लक्ष्मीपाण्डेले बिज्ञान प्रबिधिमन्त्री महावीर पुनसंग सम्पर्क गरेर प्राबिधिक जनशक्ति पठाउन माग गरेकी थिइन्।

गत सोमवार खानी तथा भूगर्भ बिभाग पुगेका यस क्षेत्रका सांसद राजन गौतम र मनिष खनालले धुँवा पुत्ताएको स्थानको अनुसन्धान गर्न बिषेशज्ञहरुको टोलि पठाउन ताकेता गरेपछि खानी तथा भूगर्भ बिभाग, पेट्रोलियम अन्वेषण बिभाग र नास्टवाट बिषेशज्ञको टोलि आएर बुधवार पेलेगा डाँडामा पुगेको हो ।

गाउँपालिका अध्यक्ष पाण्डेले हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ स्थित पेलेगा डाँडावाट धुँवा निस्कनेक्रम तत्काल नियन्त्रण गर्ने उपाय अबलम्बन गर्न सरकारसंग माग गरेकी छन्। नजिकका बस्ती अन्यत्र सार्न सरकारले तत्काल कदल चालोस गाउँपालिका अध्यक्ष पाण्डेले भनिन्, ‘यस क्षेत्रका नागरिकको सुरक्षा सबै भन्दा पहिलो प्राथामिकता हो ।’ तस्बीर सौजन्य – सन्दीप भन्डारी