
काठमाडौं, २ असाेज। आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ‘आरबिबि म्युचुअल फण्ड’ अन्तर्गतका दुई योजनाहरूले आर्थिक वर्षको प्रतिफल घोषणा गरेका छन्।
असोज १ गते बसेको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फण्ड १ (RMF1) र आरबिबि म्युचुअल फण्ड २ (RMF2) का इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित प्रतिफल अनुसार:
- आरबिबि म्युचुअल फण्ड १ (RMF1): करसहित २.७५ प्रतिशत नगद लाभांश
- आरबिबि म्युचुअल फण्ड २ (RMF2): करसहित ६ प्रतिशत नगद लाभांश
बुकक्लोज र लाभांश पाउने समय
लाभांश वितरण प्रयोजनका लागि योजना व्यवस्थापकले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ।
यसअनुसार असोज ८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका इकाईधनीहरू मात्र यो लाभांश प्राप्त गर्न योग्य हुनेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




