गुराँस लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     असाेज २ गते २०८३ मा प्रकाशित



काठमाडौं, २ असाेज । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। संस्थाको आज बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको हाल कायम चुक्ता पूँजी १३ करोड २३ लाख ५८ हजार ५३ रुपैयाँको आधारमा लाभांश बाँडफाँड गरिनेछ।

लाभांशको विवरण:

  • बोनस सेयर: ९.५ प्रतिशत (रु. १ करोड २५ लाख ७४ हजार १५.११ बराबर)
  • नगद लाभांश (कर प्रयोजनका लागि): ०.५ प्रतिशत (रु. ६ लाख ६१ हजार ७९०.२७ बराबर)
  • कुल लाभांश: १० प्रतिशत

प्रस्तावित लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरूलाई वितरण गरिने गुराँस लघुवित्तले जनाएको छ।