
काठमाडौं, २ असाेज। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेर बन्द भएको छ। अघिल्लो दिनको वृद्धि यात्रालाई निरन्तरता दिँदै यस दिन नेप्से २२.८५ अङ्कले उकालो लागी २६४७.२२ विन्दुमा पुगेको हो।
यस दिन ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ५.३२ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अङ्कले सकारात्मक रहेका छन्।

कारोबार रकममा उल्लेख्य वृद्धि
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि राम्रो सुधार देखिएको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा शुक्रबार ३४५ वटा स्क्रिपको ६४ हजार ७२ पटकको कारोबारमार्फत २ करोड १२ लाख ७२ हजार कित्ता शेयर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँमा खरिदबिक्री भएका छन्।
कमाउने र गुमाउने कम्पनीहरू
यस दिन स्नो रिभर्स लिमिटेडका शेयरधनीले सर्वाधिक १३.६६ प्रतिशत कमाएका छन्। त्यस्तै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ।
अर्कोतर्फ, हाथवे इन्भेष्टमेन्टको शेयरमूल्यमा भने सर्वाधिक १५ प्रतिशतको गिरावट आएको छ।
कुमारी बैंकको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको ३२ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढी र ग्लोबल आइएमई बैंकको २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
उपसमूहगत अवस्था
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहमा सामान्य गिरावट आएको छ। बैंकिङ उपसमूह सर्वाधिक १.५९ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसमूहमा साढे १ प्रतिशतको सुधार देखिएको छ। वित्त र अन्य उपसमूहको परिसूचक भने सामान्य अङ्कले घटेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




