राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

-



     सफल आवाज    
     असाेज ३ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ३ असाेज। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। सो कार्यका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति समेत पाएको छ।

बैंकले ‘६ प्रतिशत आरबीबीएल ऋणपत्र २०८९’ नाममा उक्त ऋणपत्र निष्कासन गर्न विवरणपत्र प्रकाशनको अनुमति पाएको हो।

नेपाल धितोपत्र बोर्डले २०८३ असार २ गते बैंकलाई ऋणपत्र जारी गर्ने स्वीकृति प्रदान गरेको हो।

ऋणपत्र निष्कासनसम्बन्धी मुख्य विवरण:

  • ऋणपत्रको नाम: ६ प्रतिशत आरबीबीएल ऋणपत्र २०८९
  • कुल निष्कासन रकम: रु. ३ अर्ब (३० लाख कित्ता)
  • अंकित मूल्य: प्रतििल्कत्ता रु. १,०००
  • ब्याजदर: वार्षिक ६ प्रतिशत
  • अवधि: ६ वर्ष
  • बिक्री प्रबन्धक: कुमारी क्यापिटल लिमिटेड

बिक्रीको बाँडफाँड:

  • व्यक्तिगत तथा संस्थागत लगानीकर्ता: १८ लाख कित्ता (रु. १ अर्ब ८० करोड बराबर)
  • सर्वसाधारण लगानीकर्ता: १२ लाख कित्ता (रु. १ अर्ब २० करोड बराबर)

बैंकले दीर्घकालीन स्रोत परिचालन गर्ने उद्देश्यका साथ यो ऋणपत्र जारी गर्न लागेको जनाएको छ। लगानीकर्ताले विद्यमान बजारको निक्षेप तथा कर्जाको ब्याजदरको अवस्था अनुसार प्रतिफलको मूल्यांकन गरेर यस ऋणपत्रमा आवेदन दिन सक्नेछन्।