
काठमाडौं, ५ असाेज। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक शेयर (आईपीओ) असोज ५ गते, आज बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो।
८६ हजार ३२० जना भाग्यमानी
माँगभन्दा अत्यधिक बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत शेयर बाँडफाँट गरिएको छ। जस अनुसार कुल स्वीकृत आवेदकहरूमध्ये ८६ हजार ३२० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
आवेदनको विवरण
कम्पनीले गत भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि कुल ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको (प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका) ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गरेको थियो।
- कुल आवेदक: २३ लाख ५१ हजार ५६० जना (कुल २ करोड ६२ लाख ९१० कित्ताका लागि आवेदन)
- स्वीकृत आवेदन: २३ लाख ५ हजार २३३ जना
- रद्द भएका आवेदन: ४६ हजार ३२७ जना
स्वीकृत आवेदकमध्येबाट गोलाप्रथामार्फत ८६ हजार ३२० जनाले मात्र शेयर पाउन सफल भएका छन् भने बाँकी २२ लाख १८ हजार ९१३ जना आवेदकको हात खाली भएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




